समाचार

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आगामी १२ गते सार्वजनिक हुने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । गत भदौ ३० देखि असोज १८ सम्म पहिलो चरण र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना भएको थियो ।

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार सार्वजनिक गरिने विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *