रिबन

बैशाखमा स्थानीय चुनाव गर्नुपर्ने र कांग्रेस एक्लै लड्नुपर्ने शेखर समुहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिमा पराजित भएका डाक्टर शेखर कोइरालाले चुनावमा कसैसँग सहकार्य गर्न नहुने निष्कर्ष निकालेका छन् ।

५ वर्षका लागि प्रतिपक्षमा पुगेको कांग्रेसले गठबन्धन बनाएर सरकारको नेतृत्व गरिरहेका बेला कोइराला समुहको बैठकले आगामी चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने निष्कर्ष निकालेको हो ।

कोइराला समुहमा रहेका नेताहरुको भर्चुअल बैठकले आगामी निर्वाचनमा कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छलफलमा सहभागी एक नेताले बताए ।

बैठकमा कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डाक्टर मिनेन्द्र रिजाल, डाक्टर चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डाक्टर रामशरण महतलगायतका नेताको सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *