समाचार

बालकुमारीको मुर्ति खोज्न अनुसन्धान टोली गठन

ललितपुर । ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा सोमबार भएको छलफलमा प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको हो ।

प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले भने,‘हामीले प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेर खोजी सुरु गरिसकेको छौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *