मनोरञ्जन

सायरादेखि भाग्यश्रीसम्म जसले विवाहपछि परिवारको लागि आफ्नो करियर छोडे

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन सामान्य महिलाको जीवनसँग मिल्दोजुल्दो छ। सायरा बानोदेखि भाग्यश्रीसम्म धेरैको नाम यस लिस्टमा परेको छ । जानौँ यस्ता केही अभिनेत्रीहरुका बारेमा-

सायरा बानो
सायरा बानो ८० को दशककी चर्चित अभिनेत्री थिइन् । तर जब सायरा बानोले अभिनेता दिलीप कुमारसँग विवाह गरिन्, उनले आफूलाई बलिउडबाट टाढा राखिन्।

भाग्यश्री
अभिनेत्री भाग्यश्रीले ‘मैने प्यार किया’मा सलमान खानसँग काम गरेर रातारात निकै चर्चा कमाएकी थिइन् । तर, भाग्यश्रीले अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि उद्योगलाई अलविदा गरिन् ।

नीतु कपुर
बलिउड अभिनेत्री नीतु कपुरले धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । चर्चित अभिनेता ऋषि कपुरसँग विवाह गरेपछि नीतुले बलिउडबाट ब्रेक लिएकी थिइन् ।

सोनाली बेन्द्रे
बलिउड अभिनेत्री सोनाली बेन्द्रे कुनै समय इन्डस्ट्रीकी टप एक्ट्रेसको सुचीमा परेकी थिइन् । तर, सन् २००४ मा विवाह गरेपछि सोनालीले उद्योगबाट ब्रेक लिएर परिवारमा ध्यान केन्द्रित गरिन् ।

शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टीले पनि व्यवसायी राज कुन्द्रासँग विवाह गरेर फिल्मबाट टाढा भइन् । तर, हालै उनले फिल्म ‘हंगामा’मार्फत् बलिउडमा प्रवेश गरेकी छिन् ।

असिन
अभिनेत्री असिनले छोटो समयमै इन्डस्ट्रीमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । तर, यसै बीचमा उनले सन् २०१६ मा माइक्रोम्याक्सका सह-संस्थापक राहुल शर्मासँग विवाह गरेर उद्योगबाट टाढा भइन् ।

मीनाक्षी शेषाद्री
बलिउड अभिनेत्री मीनाक्षी शेषाद्रीले इन्डस्ट्रीमा आफ्नो स्थान बनाएकी थिइन् तर सफलताको चुचुरोमा पुगेपछि अभिनेत्रीले विवाह गरेर फिल्मी दुनियाँबाट टाढा भइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *