समाचार

बतासले पशुपति धर्मशालामा चलाएको होटलबारे पर्यटन मन्त्रालयले फेरी छानविन गर्ने

काठमाडौं । पर्यटन मन्त्रालयले पशुपति क्षेत्रमा बतास समुहले बनाएको होटलमाथि कारबाही गर्ने अपेक्षा गरिएको भएपनि फेरी छानविन गर्ने भएको छ ।

पशुपति क्षेत्रमा भारतले बनाइदिएको धर्मशालामा होटल सञ्चालन गर्दा कानूनविपरित रहेको भन्दै कारबाहीका लागि यसअघि बनाइएको समितिले सिफारिस गरेको थियो ।

तर मंगलबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको बैठकले कोषका सदस्यसचिव मिलन थापाको नेतृत्वमा अर्को समिति गठन गर्ने निर्णय गरेको छ ।

बतास समुहसँग भएको सम्झौता मंगबालर रद्ध गर्ने भनिएपनि अन्तिममा अर्को समिति गठन गरेर छानबिन अघि बढाउने निर्णय गरेको हो । यसअघि पर्यटन मन्त्री प्रेम आलेले धर्मशालामा होटल सञ्चालन गरिएको बारेमा छानबिन गर्न कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा समिति गठन गरेका थिए ।

जुन समितिले माघ ३ गते धर्मशालामा सम्झौताविपरीत कार्य भएको र सम्झौता नै गैरकानुनी रहेकाले रद्ध गर्नुपर्ने ठहर गर्दै प्रतिवेदन बुझाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *