अर्थ

यातायात कार्यालयद्वारा २९ करोड राजस्व सङ्कलन

जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८/७९ को ६ महिनामा २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।

चालु आवको ६ महिनामा सवारी करबाट २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिए ।

सो कार्यालयले आव २०७७/७८ को ६ महिनामा २० करोड २८ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *