
काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । चालु आर्थिक वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणना अनुसार नेपालमा जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक विभागले जनाएको छ ।
जसअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको विभागले जनाएको छ । त्यसैगरी जनसंख्या वुदीदर घटेको छ । २०६८ सालमा१ प्रतिशत भन्दा बढि रहेको वुद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको छ ।
६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो ।
त्यसैगरी २१ लाख ६९ हजार ४ सय ७८ जना विदेशमा रहेका छन् ।