समाचार

राष्ट्रियसभाको रिक्त १९ पदका लागि मतदान सुरु

संकल्पखबर । राष्ट्रियसभाको रिक्त १९ पदका लागि मतदान सुरु भएको छ।


बुधबार बिहान ९ बजेदेखि मतदान सुरु हुने भनिएतापनि केही बेरपछि मतदान सुरु भएको हो। यतिबेला सातै प्रदेशमा मतदान जारी छ।

विशेषगरी ६ वटा प्रदेशमा एमाले एक्लैले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरिरहेको छ भने मधेश प्रदेशमा भने एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेको छ ।

त्यसबाहेकका प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने एमालेले पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरिरहेको छ।

राष्ट्रियसभाको निर्वाचन प्राय सबै प्रदेशको स्थायी राजधानीमा भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *