रिबन

राष्ट्रियसभा : बागमतीको मतगणना सुरु

हेटौंडा ।राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको मतगणना सुरु भएको छ। मतगणना निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा सुरु भएको हो।

तीनबजे सम्पन्न मतदानमा ३ सय ४३ मत खसेको छ। प्रदेश सभातर्फ १०६ र स्थानीय तहतर्फ २३७ मत खसेको हो। बागमतीमा १०९ जना प्रदेशसभा सदस्य भए पनि विवेकशील साझा पार्टिका ३ जना सांसद मतदानमा सहभागी नभएपछि १०६ मत मात्रै खसेको हो।

दुई पदका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका दुई, नेकपा (एमाले)का तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जना चुनावी मैदानमा छन्।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्।

एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *