रिबन

राष्ट्रियसभा चुनावको परिणामले झन् वलियो बनेको एमालेको दाबी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमालेलाई खास फरक नपरेको दाबी गरेको छ ।

महासचिव शंकर पोखरेलले गठबन्धन बनाएर चुनावमा सत्तारुढ दल सहभागी भएपनि एमाले एकल रुपमा प्रतिस्पर्धा गर्दा समेत दलिय मतभारभन्दा बढि मत पाएको दाबी गरेका हुन् । उनले चुनावको परिणाम गठबन्धनमा रहेका दलको षड्यन्त्रको अन्तिम भोज बनेको भन्दै भनेका छन्,‘जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ ।’

वहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेबापत् माधवकुमार नेपाल र प्रचण्डले अतिरिक्त लाभ पाएको उनको भनाई छ । उनले भनेका छन्,‘कांग्रेसलाई सरकारको नेतृतृत्व सुम्प्ेबापत नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् ।’

गठबन्धन बनाएर चुनावमा सहभागी भएपनि पाँच दलीय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेको पोखरेलको दाबी छ । एमालेका अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएको भन्दै महासचिव पोखरेलले अहिलेको परिणामले स्थानीय तहलाई कमजोर बनाउने सत्तापक्षको प्रयासप्रतिको असन्तुष्टि देखिएको समेत बताएका छन् ।

आज सम्पन्न भएको चुनावको परिणामपछि समेत एमाले राष्ट्रियसभामा पहिलो दल बनेको भन्दै महासचिव पोखरेलले आगामी चुनावबाट एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । उनले भनेका छन्,‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा एमाले थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।’

आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको चुनावमा १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एमालेका एक जना निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *