राजनीति

जनप्रतिनिधिहरू लालच र प्रलोभनमा परेकाेले गम्भीर अन्तरघात – इन्द्र आङ्बो

काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राष्ट्रियसभा निर्वाचनमा जनप्रतिनिधिहरू लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका छन् ।

मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै त्यसको निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानविन गरेर गठबन्धन अगाडि बढाउने बताए । ‘संघीयताप्रति चौतर्फी प्रहार भइरहेको बेला झन् हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेण्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमान्दार बन्न सकेनौँ, लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षमा हुन्न। अब, निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानविन गरेर प्रदेशको गठबन्धन अगाडि बढाउनुपर्छ र बढ्नेछ।’ आङ्बोले लेखेका छन् ।

बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनका हेमराज राईलाई हराउँदै अल्पसंख्यकतर्फबाट एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *