
एजेन्सी । चीनका विदेश मन्त्री वाङ यी काबुल पुगेका छन् । विदेशमन्त्री वाङ बिहीबार काबुल पुगेका हुन् ।
‘चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ’ तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा लेखेका छन् ।
पाकिस्तानको राजधानी इस्लामावादबाट वाङ काबुल पुगेका हुन् । विदेशमन्त्री वाङ शुक्रबार काबुलबाट नेपाल आउनेछन् ।