स्थानीय तह निर्वाचन-२०७९

कागेश्वरी मनोहराको मेयरमा कांग्रेस

काठमाडौँ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन्।

प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण ढुंगानालाई पछि पार्दै मेयरमा कार्की विजयी भएका हुन् । कार्की ११ हजार ३ सय २२ मत प्राप्त गरी निर्वाचित हुँदा ८ हजार २ सय ६३ मत ल्याए । एकीकृत समाजवादीका कृष्णहरी थापा ३ हजार ५५६ मतसहित तेस्रो स्थानमा रहे ।

त्यस्तै, उपमेयरमा एमालेकी शान्ता थापाले विजय प्राप्त गरिन् । उनले गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंलाई पराजित गरिन् । थापाले ९ हजार ९ सय ७५ मत प्राप्त गर्दा चापागाईंले ५ हजार ४ सय २२ मत मात्र पाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *