स्थानीय तह निर्वाचन-२०७९

भरतपुरमा रेणु अग्रता बढाउँदै

चितवन । भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ५४ हजार २६४ मतगणना हुदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार १९६ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६०
छ । अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *