समाचार

सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मतगणनाको सम्पन्न मतपरिणामअनुसार ईश्वरपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका मनोजकुमार आचार्य विजयी भएका हुन् ।

आचार्यले कुल ८४८० मत प्राप्त गर्दा, निकटतम प्रतिस्पिर्धी एमाले उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटाले ५९६० मतमात्र प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसकी रंजितादेवी चौधरी विजयी भएकी छन् । चौधरी एमाले उम्मेदवार एकावती देवी चौधरीलाई १९१५ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । कांग्रेसकी चौधरीले ८२६८ मत प्राप्त गर्दा एमालेकी एकावती देवीले ६३५३ मतमात्र प्राप्त गरिन् ।

१५ वटा वडा रहेको नगरपालिकामा ६ वटामा एमाले, ६ वटामै कांग्रेस, एकमा जनता समाजवादी पार्टी, एकमा लोकतान्त्रिक समाजवादी पार्टी र एक स्थानमा माओवादी केन्द्र विजयी भएको छ । यो सँगै कांग्रेसले सर्लाहीको ११ पालिकामा विजय हासिल गरेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *