रिबन

यौन हिंसाबारे छानविन गर्न प्रहरीले बनायो उच्चस्तरिय टोली

काठमाडौं । नेपाल प्रहरीले एक युवतीमाथि यौन हिंसा भएको विषयमा सामाजिक सञ्जालमा प्रकाशित भिडियोबारे छानविन गर्न उच्चस्तरिय समिति गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपी वसन्त कुँवरको नेतृत्वमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य रहने गरी छानविन समिति बनाएको हो ।

समितिले पीडित युवती र उनका परिवारसँग निरन्तर सम्पर्क गरिरहेको र कानूनी परामर्श समेत गरिरहेको जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *