
काठमाडौं । काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता बढाएका छन् ।
पछिल्लो मत परिणामअनुसार साहले ३०८५८ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने १६३३७ मत ल्याएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १५९६० मत ल्याएकी छिन् ।