समाचार

भरतपुरमा रेनुको अग्रता कायमै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका मेयरमा रेनु दाहालले करिब चार हजार मतको अग्रता लिएकी छन्।

पछिल्लो परिणामअनुसार ६४ हजार १ सय ८५ मतगणना भएकोमा दाहालले २४ हजार ६ सय ६० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २० हजार ६ सय ६३ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७ सय ९४ मत पाएका छन् भने एमालेको समेत समर्थन रहेको राप्रपाकी हिमला गुरूङले १६ हजार १ सय ६९ मत ल्याएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *