
न हौ यहाँ नेतामुखीमाहोल बेग्लै बनिंदैछ
नीतिमुखी भएपछि तिक्त रिक्तमानिंदैछ
चाकडी चिप्लो र चाप्लुसीका
देखिंदैछन् पत्रपत्रकाअलपत्र स्वरूप ।
०…………………०………………०
लाग्दैछ चुनाब एउटा चुनौती एउटा खप्की
उम्भिएका छन् बागीआफ्नै घरमाआफ्नै आँगनमा
त्यसैले खर्किरहेछ यहाँ एउटा विरक्ती
दलभित्रै छ गुट बादल छुट्टिएझैं उपगुट
कहाँ सिकिन्छ र नेताजीतिम्रो अनुहार ?
खिन्नता र भिन्नतासँगै
देखिरहेंछु म कलेंटीसहितको तिम्रो मुख
अग्लिएको ठान्छौ तर फुक्लिरहेछ सिङ
भैरहेछौ भग्न कि नग्न
दुर्गन्धताले ढाकिरहेछ छिनछिन ।
०………………….०………………….०
खै किनहो कुन्नि,
नागी डाँडैपिच्छे बागीको लाम छ
थुनिएका छन् कोही कोठामा कोही रेलिङभित्रै
किनकि ढोकासँगै लागेको चाबीको डाम छ
बहुमतको चाह छ अर्कै
दलप्रतिकिनहो अहिले मान्छेको अपमान छ
यहाँ विकल्पखोज्दैछ रे मान्छे
किनकिजनभावनाविपरीत
रङिएकाविरुद्घ एक हुने
शङ्खघोषसहितको नितान्तनयाँअभियान छ ।
०…………………..०…….ंंंं……………..०.
पदम दाहाल
मादी न.पा.– ६,सङ्खुवासभा
हालःलोकन्थली, भक्तपुर