
काठमाडौँ । काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा ३९९७ मत बढी ल्याएकी छिन् ।
दाहालले २४६६० र सुवेदीले २०६६३ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ८८४० मत आएको छ ।
उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले २६७९४ र राप्रपाकी हिमला गुरुङले १६१६९ मत पाएकी छन् ।