स्थानीय तह निर्वाचन-२०७९

बूढीनन्दा प्रमुखमा एमाले, उपप्रमुखमा स्वतन्त्र

बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् ।

जनकले पाँच हजार ११५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत ल्याए ।

यस्तै नगरउपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुरले चार हजार ७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीतादेवी तीन हजार ६७७ मत ल्याइन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वडा एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ । जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मत परिणाम आइसकेको छ । बूढीगङ्गा नगरपालिकामा कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारेमा अन्योल रहेको छ । नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *