स्थानीय तह निर्वाचन-२०७९

नुवाकोट बेलकोटगढीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बेलकोटगढीको मेयरमा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार बेलकोटगढी नगरपालिकाको मेयरमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २ सय २२ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार राजेन्द्र रमण खनाललाई ५ हजार ९ सय ४८ मतान्तरले पराजित गरेका हुन् । पराजित खनालले ७ हजार २ सय ७४ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार दाहालले १० हजार ७ सय ६६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याएकी छन् ।

नुवाकोटको बेलकोटगढीमा सरकारमा रहेका दलहरूबीच गठबन्धन भएको थियो । नगरपालिकाका मुख्य पदमा माओवादी र कांग्रेसले भागबण्डा गरेर उम्मेदवार चयन गरेका थिए ।

नुवाकोटका १२ वटा स्थानीयतहमा निर्वाचित हुनुभएका प्रमुख र अध्यक्ष एंव उपप्रमुख र उपाध्यक्षहरु
१ बिदुर नगरपालिका
प्रमुख : राजनलाल श्रेष्ठ ने. का.
उप-प्रमुख : प्रभा बोगटी नेकपा ए माओबादी
२ बेलकोटगढी नगरपालिका
प्रमुख : जगत बहादुर लामा नेकपा ए माओबादी
उप-प्रमुख : शिव दाहाल ने का
३ तारकेश्वर गाउँपालिका
अध्यक्ष : शिव अधिकारी ने का
उपाध्यक्ष : हरि प्रसाद रिमाल नेकपा ए माओवादी
४ म्यागङ गाउँपालिका
अध्यक्ष : आशा तामाङ ने का
उपाध्यक्ष : सीता तामाङ ने का
५ किस्पाङ गाउँपालिका
अध्यक्ष : बिरबल तामाङ नेकपा एमाले
उपाध्यक्ष : अर्जुन न्यौपाने नेकपा एमाओवादी
६ सुर्यगढी गाउँपालिका
अध्यक्ष : सन्त बहादुर घले ने का
उपाध्यक्ष : मन्जु बुढाथोकी ने का
७ तादी गाउँपालिका
अध्यक्ष : सन्तमान तामाङ ने का
उपाध्यक्ष : सन्जु प्याकुरेल नेकपा एमाओवादी
८ दुप्चेश्वर गाउँपालिका
अध्यक्ष : शंकर बहादुर थापा नेकपा एमाओवादी
उपाध्यक्ष : माकुरी तामाङ नेकपा एमाओवादी
९ पन्चकन्या गाउँपालिका
अध्यक्ष : तेज बहादुर तामाङ नेकपा एमाओवादी
उपाध्यक्ष : बिमला केसि नेकपा एमाओवादी
१० लिखु गाउँपालिका
अध्यक्ष:-ध्रुब श्रेष्ठ ने का
उपाध्यक्ष : शुभद्रा अधिकारी ने का
११ शिवपुरी गाउँपालिका
अध्यक्ष:- गोबिन्द थपलिया ने का
उपाध्यक्ष:- वीर बहादुर तामाङ नेकपा ए माओवादी
१२ ककनी गाउँपालिका
अध्यक्ष : सुमन तामाङ नेकपा एमाओवादी
उपाध्यक्ष : मिठुमाया तामाङ नेकपा एमाओवादी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *