रिबन

गठबन्धनलाई प्रदेश र संघीय चुनावसम्म नै संगै लिएर जाने प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनले निर्वाचनको समयमा राम्रो काम गरेको भन्दै यसलाई प्रदेश र संघीय चुनावसम्म नै लैजाने बताएका छन् ।

प्रचण्डको निवास खुमलटारमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएका जनप्रतिनिधिलाई बधाई दिँदै गठबन्धनबाट देशको राजनीतिमा परिवर्तनका साथै स्थायित्व र विकासको नयाँ यात्रा शुरू गर्न खोजेको उल्लेख गरेका छन् ।

यसपटकको स्थानीय निर्वाचनमा मध्यपुर थिमीमा कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो । बैशाख ३० गते समपन्न निर्वाचनबाट नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

‘ मूलभूत रुपमा गठबन्धन सफल भयो प्रचण्डले भने,‘ हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प गरेका छौं ।’

मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएकाले जनप्रतिनिधिहरुलाई जनताको पक्षमा हित पुग्ने गरी निष्ठापुर्वक काम गर्न समेत निर्देशन दिएका छन् ।

विशेषगरी ‘विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा निर्वाचित हुनुभएको छ । मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरुलाई पनि भोलिका दिनमा चुनौती दिन सकिने प्रचण्डको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *