
काठमाडौं ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १७७ पालिकामा अध्यक्ष–उपाध्यक्ष र प्रमुख–उप प्रमुख पद सहित जित हासिल गरेको थियो ।
प्रदेश १ मा २८, मधेस प्रदेशमा २९, बागमती २३, गण्डकी ३१, लुम्बिनी २१, कर्णालीमा १५ र सुदूरपश्चिममा २९ गरी १७७ पालिकामा कांग्रेसका प्रमुखरउपप्रमुख वा अध्यक्षरउपाध्यक्ष विजयी हुँदा कांग्रेस दोस्रो दल बनेको थियो ।
यस वर्ष स्थानीय तहमा सर्वाधिक ठूलो दल भएको कांग्रेसले पहिले जितेका कतिपय स्थान भने गुमाएको छ । हालसम्म गणना भएका आधारमा अघिल्लोपटक निर्वाचित भएर यसपटक कांग्रेसले गुमाएका पालिका संख्या ६७ छ ।
प्रदेश १ मा ९, मधेसमा १५, बाग्मतीमा ६, गण्डकीमा १६, लुम्बिनीमा ६, कर्णालीमा ३ र सुदूरपश्चिममा १२ गरी ६७ स्थानीय तहमा कांग्रेसले जित दोहोर्याउन सकेन । कतिपय स्थानमा मतगणना जारी रहेकाले यो संख्या थप बढ्न पनि सक्छ ।