स्थानीय तह निर्वाचन-२०७९

रामचन्द्र पौडेलको गृह नगर व्यासमा कांग्रेसको अग्रता

काठमाडौं।तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ।सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएपनि अहिले कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपालेले अग्रता लिएका छन्।

न्यौपालेले अहिले १२ मतले अग्रता लिएका छन्। हाल न्यौपालेले ७४६५ मत र जोशीले ७४५३ मत प्राप्त गरेका छन्।यो पालिका कांग्रेस नेता रामचन्द्र पौडेल र कांग्रेसबाट कारबाहीमा परेका पूर्वमन्त्री गोविन्दराज जोशीको गृहनगर पनि हो।

स्वतन्त्र उम्मेदवार जोशी गोविन्दराजका छोरा हुन्।जोशीलाई नेकपा एमालेको समर्थन रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *