
काठमाडौं । मकवानपुरको सिमखोलामा पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौ–हेटौंडा सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ना ४ च २३१५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको र पाँच जनाको भने हेटौंडामै उपचार भइरहेको छ ।