स्थानीय तह निर्वाचन-२०७९

काठमाडौंमा बालेन्द्र र सुनिताको अग्रता फराकिलो बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३४ हजार ९३५ मत पाएका छन् ।

पछिल्ले मतपरिणामअनुसार एमालेका केशव स्थापितले १८ हजार ९७९ मत पाउँदा काँग्रेसकी सिर्जना सिंहले १९ हजार ३१५ मत पाएकी छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ३४ हजार ३० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *