
काठमाडौं । भरतपुर महनगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको मतान्तर फराकिलो भएको छ ।
दाहालले एक लाख ५ बढि मत गन्दा ८ हजार ८ सय बढिले अग्रता कायम गरेकी हुन् । उनले ३९ हजार ८ सय बढि मत पाएकी छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ९२६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार ९ सय बढि मत पाएका छन्।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४२ हजार ७४ मत पाउँदा एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरूङले २४ हजार ४ सय बढि मत पाएकी छन् ।