स्थानीय तह निर्वाचन-२०७९

ललितपुरमा १५ हजार मत गन्न बाँकी, चिरिबाबु १४ हजार ७ सय मतले अगाडि

ललितपुर । ललितपुर महानगरपालिकामा अहिलेसम्म ७० हजार ६९१ मत गणना सकिएको छ । ८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरिबाबु महर्जनलेले ३५ हजार ५९० मत ल्याएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले २० हजार ८६५ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले २० हजार ६९८ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १५ हजार २७४ मत ल्याएका छन् । त्यहाँ अब ८ वटा वडाको १५ हजार १७० मत गणना गर्न बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *