समाचार

मेयरलाइ पहिलो गाँसमै ढुंगा,धनगढीमा सपथ खानै समस्या

काठमाण्डौं । धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । भर्खर चुनाव जितेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले धार्मिक शास्त्र अनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । यहि विषयमा विवाद हुन उपमेयर सहितका जनप्रतिनिधिले विमति राखे। सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारियाे । मेयरले सपथ लिएपनि उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधिहरूकाे सपथ भने अन्याेलमा परेकाे छ । साेमवार नवनिर्वाचित जनप्रतिनिधि ११ बजे अघि नै उपमहानगरपालिकाको कार्यालयको सभा हलमा बसे पनि नगर प्रमुख हमाल भने सभा हलमा गएनन ।

यता, नवनिर्वाचित नगर प्रमुख हमालले भने धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *