
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरलाई निरन्तरता दिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार एक लाख ५० हजार ५१६ मतगणना हुँदा बालेन ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन्। बालेन्द्र र सिर्जनाबीच १९ हजार २६३ मतान्तर रहेको छ ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन् ।
आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ । महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।
राष्ट्रिय सभागृहमा अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २०, २१ र २२ को मत गणना जारी छ। महानगरको १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना भने सकिसकेको छ।