स्थानीय तह निर्वाचन-२०७९

विश्वप्रकाशले जोगाउन सकेनन् गृह नगर, एमाले विजयी

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर मेचीनगरमा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । मेयरमा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१ हजार ३११ मत पाउँदा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत पाएर विजयी बने ।

शर्माको गृह वडामा पनि कांग्रेसका उम्मेदवार पराजित भए । उनको गृह वडा नम्बर ९ मा पनि कांग्रेसका उम्मेदवार उद्धव बानियाँले १ हजार ८५९ मत पाए भने एमाले उम्मेदवार कन्चन तामाङले ३ हजार १८ मत पाए । मेचीनगरमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

उपप्रमुखमा एमालेकी मीना उप्रेती २१ हजार ५९० मत सहित विजयी भइन् । गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८मत पाए । मेचीनगरमा यसअघि नेपाली कांग्रेसका विमल आचार्य विजयी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *