समाचार

यु-१७ एसियन कपः नेपालको समूहमा थाइल्यान्ड र भियतनाम

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेका छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपाल सहित आयोजक भियतनाम, थाइल्याण्ड र चाइनिज ताईपे रहेका छन् ।

समूहको पहिलो खेलमा नेपालले १९ असोजमा थाईलान्डको सामना गर्नेछ । दोस्रो खेल भियतनामविरुद्ध २१ असोजमा हुनेछ ।

यस्तै तेस्रो तथा अन्तिम खेल २३ असोजमा चाइनिज ताईपेविरुद्ध हुनेछ । समूहको शीर्षस्थानमा रहने टोली सिधै छनोट हुनेछ भने दोस्रोमा रहनेले मौका पाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *