समाचार

सेञ्चुरी कमर्सियल बैंकलिमिटेड : “सेञ्चुरीडिबेञ्चर २०८८”को  कित्ता बाँडफाँट गर्ने कार्य सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकलिमिटेडले १० (दश) वर्षेअवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको“सेञ्चुरीडिबेञ्चर २०८८” विक्री खुल्ला गरेको थियो । यस बैङले नयाँ वर्षको अवसरमा २०७९/१/२५ देखि जेष्ठ ४ गत्ते सम्मका लागि विक्री खुल्ला गरेको थियो । खुला गरेको विज्ञापन सोहि अनुसार आवेदन प्राप्त भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सेन्चुरी बैङ्क बैकले सार्वजनिक भेलाबाट आज विहान सबै डिबेन्चर बाड्ने काम सम्पन्न गरेको हो । सार्वजनिक गरेको सम्पुर्ण विवरण तथा जानकारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ :

प्रेस विज्ञप्ति

सेञ्चुरी कमर्सियल बैंकलिमिटेडको १० (दश) वर्षे अवधि तथा वार्षिक १०.५०प्रतिशत ब्याजदर भएको“सेञ्चुरीडिबेञ्चर २०८८”को प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु.१,०००।–को दरले २२,००,०००कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत अर्थात १३,२०,००० कित्ता डिबेन्चर परिपत्र विधिबाट र४० प्रतिशत अर्थात ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत) सर्वसाधारणमा मिति २०७९/०१/२५ गतेदेखि मिति २०७९÷०२÷०४गतेसम्म बिक्री खुल्ला गरिएकोमा उक्त अवधि भित्र माग बमोजिमनै आवेदन प्राप्त हुनआएको छ ।
सर्वसाधारणमा निष्काशित ८,८०,००० कित्ता डिबेन्चर(सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्तासमेत) मध्ये सामुहिक लगानी कोष बाट माग भै आएको १०,००० कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८,७०,००० कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणालीमार्पmत आवेदन गर्नुहुने २,२७२ जना आवेदकहरु बाट७८,७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्तभएकोमा १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम४१५ कित्ता
डिबेन्चर रद्द गरी बाँकि२,२६२ जना आवेदकहरु बाट प्राप्त७८,३७० कित्ता डिबेन्चर र परिपत्र विधि बाट बिक्रीको लागि छुट्याइएको १३,२०,००० कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फ बाट आवेदन प्राप्त नभएको ७,९१,६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा२१,११,६३० कित्ताडिबेञ्चर परिपत्र विधि बाट बिक्री खुल्ला गरिएकोमा मागबमोजिमनै अर्थात २१,११,६३०कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुनआएकोले सर्वसाधारण र परिपत्र विधि बाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१,९०,००० कित्ता डिबेन्चर आजमिति २०७९/०२/१०गते मंगलबारका दिन बिहान ९ः३० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय,नक्साल काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधिएवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट गर्ने कार्य सम्पन्नभएको छ ।
डिबेञ्चर निष्काशन कार्यलाई सफलबनाउन हुनेसम्पूर्ण शुभेच्छुक, आस्वामा सहभागीसदस्य बैंक तथावित्तीय संस्थाहरु, नियामक निकायहरु, सञ्चारकर्मी लगायत सरोकारवाला सबै पक्ष लाईनिष्काशन तथा बिक्री प्रबन्धक र निष्काशन कम्पनीका तर्फबाटहार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्भाव रहिरहने अपेक्षा सहित सबैमाहार्दिक धन्यवाद ज्ञापनगर्द छौं ।

(पारस मणीढकाल) (अनुपमाश्रेष्ठमानन्धर)
प्रमुखकार्यकारी अधिकृत प्रमुखबजार अधिकृत
ग्लोबल आइएमई क्यापीटललि. सेञ्चुरी कमर्सियल बैंक लि
.

मिति : २०७९/०२/१०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *