अर्थ

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

काठमाडौं।सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायू अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्बद्धन गर्नेगरीको कृषि नीति सरकारले बनाउने भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्‍न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक भएकोमा जोड दिइन् ।

उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्‍चालित जिविकोपार्जन कार्यक्रमलाई मानव विकास सुचाङ्‍क कम भएका जिल्लामा विस्तार गर्ने नीति पनि सरकारले लिने उल्लेख गरिकी छिन् ।

पर्यटन, उद्योग, वन वातावारणसँगै भू–उपयोग नीति तयार गर्दा कृषि तथा वन क्षेत्रबाट हुने उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी सामञ्‍जस्यता कायम गरिने पनि बताएकी छिन् ।

यस्तै, अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *