समाचार

आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने

काठमाडौं।सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिएकी हुन् ।

जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भूउपयोग योजना तयारी गरिने उनले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *