समाचार

पाँचजना सचिवको सरुवा

काठमाडौं । सरकारले पाँच प्राविधिक सचिवको सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालय, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुशील चन्द्र तिवारीलाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, नेपाल ट्रष्टका सचिव गोपाल सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भौतिक पूर्वाधारका सचिव रविन्द्र श्रेष्ठलाई राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *