विश्व

अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी, १८ जनाको गयो ज्यान

काठमाडौं । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तीमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो शहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे शहरमा यो घटना भएको हो । अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।

रोब इलिमेन्टरी स्कूल टेक्सासको सान एन्टोनियो शहरबाट लगभग ८३ माइल (१३३ किलोमिटर) पश्चिममा रहेको छ । यो एक प्राथमिक विद्यालय हो – यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।

प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् ।

उभाल्देमा भएको गोलीबारी मे मा संयुक्त राज्य अमेरिकामा भएका धेरै सामुहिक गोलीबारीमध्ये एक हो । गन वाइलेन्स आर्काइभले सामूहिक गोलीबारीलाई चार वा बढी व्यक्ति घाइते वा मारिएको घटना भनेर परिभाषित गर्दछ । संस्थाले यस वर्ष मेको मध्यदेखि हालसम्म द्दज्ञछ वटा यस्ता गोलीकाण्डहरू रेकर्ड गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *