समाचार

पतिसँगै होटलमा बसेकी महिला मृत भेटिइन्

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङको एक होटलमा महिलाको शव फेला परेको छ । फुङलिङ तोक्मेस्थित कफी सप होटलको कोठामा झुण्डिएको अवस्थामा मंगलबार ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी हुन् ।

माया दुई दिनअघि पति विजय बराइलीसँग पाथीभरा भ्रमण गरेर फर्किएकी थिइन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार विजय एटीएमबाट पैसा निकाल्न बैंक गएको बेला माया आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *