
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले वृद्धि भएको छ । । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बुद्धी भएको हो ।
राष्ट्रिय खेलाडीहरुलाई क्यानले ए, बी र सी ग्रेडमा राखि विभाजन गरेको छ । साही ग्रेडका अनुसार मासिक पारिश्रमिक दिने निर्णय गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजाररका दरले वृद्धि गरिदिएको छ ।
सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको जनाइएको छ ।