समाचार

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको सञ्चारमन्त्रीको दावी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको उल्लेख गरेका छन् । । आज बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री कार्कीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारण वृद्धि नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको बताए ।

नेपालमा ऊर्जाको उत्पादन बढिरहेकाले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए मन्त्री कार्कीको भनाइ छ । आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरू पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रूपमा विकास गर्ने लक्ष्य रहेको समेत उनले बताए ।

आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरू पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रूपमा विकास गर्ने मन्त्री कार्कीले बताए । त्यस दिशामा सरकारको ध्यान गएको छ । त्यस दिशामा सरकारको कदम अघि बढेको कुरा हो उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *