रिबन

सफल देउवा,धमण्ड चुर भएका ओली

प्रधानमन्त्रीका लागि संसदको रोष्ट्रममा उभिएर शेरवहादुर देउवाले मत माग्दा दुइ कुरालाइ जोड दिए । उनको प्राथमिकताको पहिलो सुचीमा खोप थियो । उनले जोड दिएर मेरा प्राथमिकता तिन वटा छन भने । उनले भने–पहिलो खोप । दोस्रो खोप । र तेस्रो खोप । र,उनले यसो भन्दै कोभिडबाट आतंकित भएका जनतालाई खोप दिने र संसद विघटनबाट प्रणाली नै विस्थापन हुन्छ कि भन्ने जनतालाइ आवधिक निर्वाचन गरेर प्रणाली सुरक्षित पार्ने । उनका यी प्रष्ट मान्यता र कार्यभार थिए ।

एमाले अध्यक्ष केपी ओली वा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग जस्तो देउवासंग वाकपटुता छैन । यसैले उनले आफनो भनाइलाइ सिलसिलेवार वनाउन सकेनन होला तर उनी प्रधानमन्त्री भएर यसपटक गर्ने काम यिनै थिए । पहिलो काम खोप दिएर उनले पुरा गरे । र,स्थानीय तहको चुनाव गराएर दोस्रो कामको सफलतापुर्वक सुरुवात उनले गरिसके ।

पाचौं पटक प्रधानमन्त्री भएका देउवाको आनीवानी र ब्यवहार कस्तो छ भनेर सारा नेपालीले जानीसके । कम वोल्छन । सुत्रमा कुरा राख्छन । आफनो स्वार्थ पुरा गर्न अरु नेता भन्दा चतुर छन । र, उनी वाकपटुता भएका नेता भने होइनन । तर,अनुभवी नेता भने हुन ।

देउवासंग यतिवेला दुइ थरि सत्ता हातमा छ । एउटा हातमा पार्टी सत्ता छ भने अर्को हातमा राज्य सत्ता छ । कांग्रेस जस्तो पार्टीको सत्ता हातमा हुनु चानचुने कुरा पक्कै पनि होइन । राज्यसत्ता हातमा पारेर उनले दुइ कार्यभर पुरा गर्दै गरेको माथि उल्लेख भइहाल्यो । अब पार्टी सत्ता समेत हातमा पारेका देउवाको कार्यभार चाहि के हो त ?

विस २०७४ सालमा चुनाव भएको थियो । यस चुनावी सरकारको नेतृत्व पनि संयोगवश देउवाकै हातमा थियो । स्थानीय तहको चुनावमा देउवाले माओवादीसंग मिलेर कांग्रेसलाइ लडाएका थिए । तर,यसबाट कांग्रेसले अपेक्षित लाभ पाउन सकेन । वरु यसको नकारात्मक असर परयो । स्थानीय तहमा आएको कम मतले कांग्रेस र माओवादीको गठवन्धन टुटयो । र,यसपछि एमाले र माओवादीको लगनगाठो कस्सियो । यी दुइ मिलेनन मात्र एकता नै गरे र प्रदेश र केन्द्रिय चुनावमा भारी मत प्राप्त गरे । चुनावमा कांग्रेसको लज्जास्पद हार भयो । यहि हारले देउवालाइ हुनुसम्मको रक्षात्मक वनायो । र,अहिले चुनाव भइरहदा पनि देउवा माथि उहि प्रश्न छ–पार्टीको स्थान कस्तो हुने भन्ने ?

स्थानीय तहको चुनावमा कांग्रेसले अहिलेसम्मकै राम्रो नतिजा पाएको छ । गत चुनावमा २२६ स्थानमा जितेको कांग्रेसले यसपटक ३२५ स्थानमा जितिसकेको छ । ललितपुर,विराटनगर जस्तो महानगरपालिका कांग्रेसले सुरक्षित गरेको छ भने काठमाण्डौंमा पराजय भोगेको छ । पोखरा यसअघि पनि कांग्रेसले जितेको थिएन । र,वुटवल जस्तो ठाउ कांग्रेसले आफनो पोल्टामा पारेको छ । राज्यसत्ता जस्तै पार्टी सत्तामा पुगेर पनि देउवाले यसपटक गुमेको शाख फर्काउन खोजेको देखिन्छ । र,स्थानीय तहमा गठवन्धन गरेर उनले यसमा आंशिक लाभ पाइसकेका छन । अब,देउवाको ध्यान प्रदेश र संघिय चुनावमा केन्द्रित भएको देखिन्छ ।

एउटा कुरा के प्रष्ट छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्गेनिङ पावर वढेको छ । र,उनी ब्यापारी पनि हुन । उनी लाभ भन्दा पर केही हेर्दैनन । र,अब उनी कांग्रेससंग प्रदेश र संघिय चुनावमा मस्ता सौदावाजीको मुडमा हुनेछन । र,देउवाको महत्वाकांक्षामा छिर्के हान्न सक्ने पात्र पनि उनै प्रचण्ड मात्र हुन । तर,के देउवा कम चलाख छन ? वा आफु घाटामा पर्ने गरि देउवा सम्झौता गरेर वस्लान ? कम संख्या हुदा र सत्तामा नहुदा कति अप्ठयारो हुन्छ भन्ने कुरा देउवालाइ जति कसलाइ थाह होला र ? यसैले देउवा यतिवेला पार्टी सत्ताको रखवारी गरेर पार्टीलाइ जाज्वल्यमान वनाउने र राजनीतिक जिवनको उत्तरार्धमा कांग्रेसलाइ शक्तिशाली वनाएर विश्राम लिने मुडमा देखिन्छन ।

हुनत देउवा माथि यस विचमा अनेक चार्ज नलागेका होइनन । उनले कांग्रेसको माओवादीकरण गरेको,देश विकासको भिजन ल्याउन नसकेको पनि उनी माथि दोष लागिरहेको छ । तर,चुनावको लक्ष्य वोकेर आएको सरकारको मुख्य काम नै चुनाव गराउनु रहेको भुल्न हुन्न । र,चुनावबाट कमजोर भएको दललाइ वलियो वनाउनको लागि भएको सतप्रयाशमा सके मद्धत गर्नुपर्छ नसके चुप लाग्नुपर्छ । तर,नेपाली राजनीतिमा अब सकभर देउवाको स्पिडलाइ व्रेक लगाउने,गठवन्धन तोडाउने खेलहरु प्रारम्भ हुनेछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *