
काठमाण्डौं । दुइ साता यता देखि नेकपा एमालेका अध्यक्ष केपी ओली मौन छन । जेठ ३ गते पार्टीका नेताहरु मदन भण्डारी र जिवराज आश्रितको सम्झनामा आयोजना गरेको सभामा समेत उनी गएनन । विरामी भएको वताउदै उनी वालकोटमै आराम गरिरहेका छन । वरु,मंगलवार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा संसदमा भने उपस्थित भए ।
तर,दैनिक घण्टौं अनेकथरि भाषण गरेर कार्यकर्तालाइ उत्साह र जनतालाइ मनोरञ्जन दिएका ओली न केही वोलिरहेका छन न कतै देखिएका छन । वरु,उनले संसदको बजेट अधिवेशन प्रारम्भ भएपछि यसअघि लगाउदै आएको नाराबाजी समेत वन्द गरेर विनाकारण सदनको अवरोध खुलाए । चुनावी परिणामले खुम्चिएका ओली वालकोटमा वसेर के चाल वुनिरहेका छन त ? के उनी वालकोटमा चेस र क्यारमवोर्ड खेलेर मात्र समय ब्यतित गरिरहेका छन त ?
यस्तो पक्कै पनि होइन । स्थानीय तहको चुनावमा हारले उनलाइ नमिठो धक्का लागेको छ । र,यसपछि उनी अब नया चाल चल्न थालेका छन । एमाले स्रोतका अनुसार,ओलीले यस विचमा आफैले गद्धार भनेका माधव नेपाललाइ समेत तिनघण्टा लामो सम्वाद गरेका छन ।
ललितपुरको अज्ञातस्थलमा उनीहरु सहयोगी सहित वसेका थिए । र,यहि वसाइपछि नै ओलीले सदनको अवरोध खोलेका हुन । कुरा यति मात्र होइन, ओलीले नेपाली कांग्रेसलाइ पनि निरन्तर सम्वाद गरेर आफुतिर तान्ने कोशिश गरिरहेका छन । कांग्रेस स्रोतका अनुसार, ओलीले यसविचमा पार्टीका बरिष्ठ नेताहरुलाइ वारम्वार कांग्रेसका मध्यम तहका नेताहरुलाई भेट्नन पठाएका छन । र, कांग्रेस र एमाले मिल्ने प्रस्ताव राखेका छन ।