समाचार

दैलेखमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु

काठमाडौं । दैलेखमा भएको बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

कालीकोटबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा दुर्घटना भएको हो ।

बसमा ५० जनाभन्दा धेरै सवार रहेको भएपनि पुर्ण विवरण भने आइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *