
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको बताएका छन् । देउवाले कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायको नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै बलात्कार मुद्दामा कायम रहेको एकवर्षे हदम्याद हटाउने बताएका हुन् ।
सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको जानकारी दिइन्।
सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेकोमा समेत ध्यानाकर्षण गराएका थिए।