ताजा समाचार

प्रचण्डप्रति ओलीको कटाक्ष : छोरीलाई भोट नदिए दुर्घटना हुन्छ भनेर थर्काउने !

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो व्यङग्य गरेका हुन् ।

उनले प्रचण्डले चितवनमा सत्ता गठबन्धन विजयी नभए देश दुर्घटनामा जाने भन्दै दिएको अभिव्यक्ति मतदातालाई धम्याउने कार्य भएको बताएका छन् ।

भरतपुरमा आयोजित चुनावी सभामा प्रचण्डले भरतपुरमा मेयर पदमा माओवादी विजयी नभए देश दुर्घटनामा पर्ने बताएका थिए । सोही भनाइप्रति ओलीले संसदमा व्यंग्य गरेका हुन । उनले देश दुर्घटनामा जान्छ भन्ने डर-त्रास देखाएर मतदाता थर्काउने काम भएको बताए । भरतपुरमा प्रचण्डकी छोरी रेनु दाहाल मेयरमा निर्वाचित भएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *