
काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति माधवमणी राजभण्डारीको निधन भएको छ । कांग्रेस नेता तथा सांसद दिव्यमणी राजभण्डारीका दाजुसमेत रहेका माधवमणीले पार्टीलाई अप्ठयारो परेको समयमा दोलखाको नेतृत्व सम्हालेका थिए ।
लामो समयदेखि मृगौला तथा अन्य रोगबाट पीडित उनको बिहीबार दिउँसो काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । व्यवसायिक पृष्ठभूमि रहेको परिवारको व्यक्ति माधवमणीले राजनीतिक सदस्यकै रुपमा आफ्नो जीवन गुजारेका थिए ।