समाचार

पीएसजीले जापान भ्रमण गर्ने

काठमाडौं । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । 

बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो । 

पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ ।  

पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे सहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ । 

यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि जितेको थियो । यद्यपि क्लब च्याम्पियन्स लिगमा भने सेमिफाइनलाबाटै बाहिरियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *