
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा फेरी मतदान हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार यसअघि वैशाख ३० गते सम्पन्न मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।
बिहीबार बसेको आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्टलाई तिनदिनभित्र हटाउन समेत निर्देशन दिएको छ ।
आयोगका अनुसार उनीहरुथले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले तीन दिनभित्र हटाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ ।
