समाचार

निजगढ विमानस्थल निर्माणको प्रक्रिया रोक्ने आदेश प्रतिगामी भएको योगेश भट्टराईको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया रोक्न सर्वोच्चले दिएको आदेशको विरोध गरेका छन् ।

विमानस्थल निर्माणको प्रक्रिया रोक्न अदालतले दिएको आदेश प्रतिगामी भएको उनको ठहर छ । ‘निजगढ अन्तरास्ट्रिय विमानस्थलका बारेमा सर्बोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ ।’ भट्टराईले भनेका छन् ।

निजगड विमानस्थल नेपालको हवाई उड्डयन क्षेत्रको गेमचेञ्जर आयोजना भएको भन्दै उनले भनेका छन्,‘नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो । माननीय न्यायधिशज्युहरु यो निर्णय सच्याउनु होस ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *